असार १६, विराटनगर । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी, नेपाल माेरङले विराेध जुलुस प्रदर्शन गरेकाे छ ।
पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न नारा सहितकाे र्यालीले विराटनगर बजार परिक्रमा गरेकाे थियाे । नगर परिक्रमा पछि भएकाे काेण सभालाई पार्टीका केन्द्रिय सदस्यहरु जयराम यादब, सन्जय सिह, भाेगेन्द्र यादव, ईनामुल हक, प्रदेश सदस्य केदार धिमाल, जिल्ला अध्यक्षद्वय राजकुमार यादव, माेहम्मद कादिर, विद्यार्थी नेता विपुल झा लगायतका नेताहरुले सम्बाेधन गरेका थिए । त्यस्तै झापा सदरमुकाम भद्रपुरमा समेत शान्तिपूर्ण विरोध जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी झापाले विरोध जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीमा आवद्ध कार्यकर्ताहरूले भद्रपुर स्थित ट्रेड युनियन चोकमा भेला भएर विरोध जुलुस सहित प्रशासन कार्यालय पुगेर झापा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाए पश्चात् आयोजित कोण सभामा पार्टीका केन्द्रीय नेताहरु बिश्वानन्द राजवंशी, प्रवीण चाम्लिङ, भक्त खेवाङ, त्रि नारायण राजवंशी, झापा अध्यक्ष दिपेन बाला राई लगायतले बोलेका थिए । कोणसभा लाई सम्बोधन गर्दै उनीहरूले राज्यले नागरिकहरुलाई कुनै पनि बहानामा नागरिकता विहीन बनाउन नहुने बताउँदै यो विभेदकारी नागरिकता विधेयक तुरुन्त फिर्ता गर्न लिन आग्रह गरेका थिए ।



