असार २३, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं – ९ बाट चोरी भएको मोटरसाइकल सहित तीन जना पक्राउ परेका छन् ।
पथरी शनिश्चरे नगरपालिका- २ का आतेजुङ राईलेको घरबाटै मोटरसाइकल चोरी भएको थियो । सोमबार राति करिब २ बजेको समयमा चोरी गरेको हो । को ३४ प ६००४ नम्बरको मोटरसाइकल हराएको भनि राईले ईलाका प्रहरी कार्यालय पथरीलाई जानकारी गराएको थियो । राईको जानकारी अनुसार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ का २० वर्षीय पृतिमान भण्डारी, २२ वर्षीय अभिषेक कट्टेल र पथरी शनिश्चरे नगरपालिका १० का २० वर्षीय निमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए ।