खोकना जनतामाथि सरकारले गरेको अमानवीय क्रुरताप्रती; चार संस्थाको ध्यानाकर्षण – Satabdi News

खोकना जनतामाथि सरकारले गरेको अमानवीय क्रुरताप्रती; चार संस्थाको ध्यानाकर्षण

असार २०, काठमाडौ । आदिबासी नेवाहरुको ऐतिहासिक प्राचीन खोना/बुङा/कुदेशका जनतामाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति गरेको घटना प्रती ४ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । राज्य सरकार र खटिएका सुरक्षाकमीहरूको यसखाले मानव अधिकार विरुद्धको कदम र कार्यप्रति ४ संस्थाले घोर भर्सना गरेको छ । शान्तिपूर्ण आन्दोलनमा अनावश्यक रुपमा हवाइ फायरसँगै अश्रु ग्याँस प्रहार र लाठी चार्जबाट अभियन्ता विद्या श्रेष्ठ, दुर्गाराम महर्जन लगायत दर्जनौँ घाइते भएका छ्न । सरकारको तर्फबाट भइरहेको यसखाले अमानवीय, निन्दनीय, बाँच्न पाउने अधिकार विरोधी कमदलाई तुरुन्त सच्याउन त्यस क्षेत्रका जनताको सरोकारलाई अविलम्ब सम्बोधन गर्न गराउन आग्रह गरिएको छ ।

प्रेस बिज्ञप्तिमा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानून तथा मौजदा राष्ट्रिय कानूनको बर्खिलापमा सरकारले स्थानीय जनतासँगको स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी बिना प्राचीन ऐतिहासिक क्षेत्र खोना/बुङा/कुदेश सम्पदा क्षेत्रलाई विनाश पुग्ने तथा जनताको नीजि सम्पत्तिलाई जर्बजस्त रुपमा अधिकरण गर्ने र उठीबास लगाउने फास्ट ट्रयाकको नाममा भइरहेको विकासको हामी घोर विरोध गर्दछौं ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी चिनीमाया माझी, नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूहका सचिब शंकर लिम्बूले विज्ञप्ती जारी गर्दै सो माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खोकना जनतामाथि सरकारले गरेको अमानवीय क्रुरताप्र..." A few seconds ago

सम्बन्धित खवर