
विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ पेन्टिङ गरी नेपालमा
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दुरीमा रेल सञ्चालन गर्नका लागि सरकारले आज एउटा रेल सेट नेपाल भित्र्याएको छ । भारतबाट दिउँसो २ बजे जनकपुर रेल स्टेशनमा आइपुगेको यो पुरानो डिजाइनको हो । नेपालले विश्वबाटै विस्थापित १५० वर्ष पुरानो मोडेल अन्तर्गतको न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल भित्र्याएको हो ।