कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती – Satabdi News

कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती

बैशाख ४, काठमाडौं ।  बिमा समितिले कोरोना भाइरसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यससम्बन्धी बिमा लेख जारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएको र भविष्यमा हुन सक्ने थप क्षतिलाई मध्यनजर गर्दै नियामक बिमा समितिले नयाँ व्यवस्था गरेको हो । अब निर्जीवन बिमा कम्पनीहरुले बिमा मार्फत कोरोना सम्बन्धी बिमा लेख जारी गर्नुपर्ने हुन्छ ।

यस अनुसार हाल कायम रहेको अन्य घातक रोग सरह कायम हुने बिमा लेख जारी गर्न समितिले बिहीबार निर्देशन दिएको छ । क र ख वर्ग हुने गरी २ श्रेणी रहनेछ । जस अनुसार क वर्गको ६ लाख रुपैयाँको बिमांक रकम हुनेछ। यसमा ब्यक्तिगत रुपमा बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ बिमाा शुल्क लाग्नेछ । यस्तै, परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ रुपैयाँका दरले शुल्क तिर्नुपर्नेछ ।

यसैगरी, ख वर्गको बिमांक रकम ५० हजार रुपैयाँ रहनेछ । यसमा प्रति व्यक्ति बिमांक रकम ५०० रुपैयाँ हुनेछ । परिवारकै बिमाा गर्दा भने प्रतिव्यक्ति ३०० रुपैयाँ लाग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती" A few seconds ago

सम्बन्धित खवर