विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन – Satabdi News

विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन

सुर्य ग्रहण अवलोकन

असार ७, बेलबारी । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको गोदावारी बिद्या मन्दिर आवासीय माध्यमिक विद्यालयमा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको छ । विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को आयोजनामा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय राजकुमार ओझाले सुर्यग्रहण कार्यक्रम सान्दभिक भएको बताएका छन् । उनले “नेपालमा पनि विज्ञान र प्रविधको बिकासका निम्ति बिज्ञान शिक्षा र विद्यार्थीहरुलाई प्रत्सोहान गर्नु पर्ने बताएका छन् ।”

कार्यक्रममा विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को सह–संयोजक विश्वराज गौतम, प्रदेश न १ सुचना प्रवक्ता सचिन पौडेल, मोरङ विज्ञान शिक्षक समाज नेपालको संयोजक सुबाश लिम्बू, सुनसरी संयोजक सम्भु भण्डारी, बिराटनगर संयोजक रोशन शर्मा, उपसंयोजक बिकाश चौहन, सुन्दरहरैचा संयोजक सुमन दाहल, लगायतको सहकार्यमा सम्पन भएको हो ।

केन्द्रिय सुचना बिभाग प्रमुख डम्बरु प्रसाद पोख्रेल, कबिर मा. बिका शिक्षक दुर्गा प्रसाद गौतम, भानु शैक्षिक गूठीका शिक्षक जगत छेत्री, ई.प्र.का बेलबारीका प्रहरी नायब निरिक्षक महेन्द्र परजुली, टाफिक प्रहरी पोष्टका प्रमुख लीला श्रेष्ठ, पुर्व बिज्ञान शिक्षक फनिन्द्र निरौला ,भगवती मा. बिका बिज्ञान शिक्षक हेमराज दाहाल, बेलबारी वार्ड-१ सदस्य रमेश निरौला लगायतको उपस्तिथि रहेको हो ।

सुर्य ग्रहण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्..." A few seconds ago

सम्बन्धित खवर