बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक – Satabdi News

बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक

बेलबारी । बेलवारी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक गरेको छ ।
लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन शनिवार मुल्य सुचि सार्वजनिक गरेको हो । संघका अध्यक्ष योगेन्द्र सुवेदी र महासचिव विवेक मिश्रद्धारा हस्ताक्षरित सुचनामा बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रुपमा भएको बजार अनुगमन बाट खाद्य वस्तुको मुल्य निर्धारण गरिएको बताइएको छ । संघले तोकेको मुल्य भन्दा बढि कुनै पसलले लिईएको पाईएमा उद्योग वाणिज्य संघ, बेलवारी नगरपालीका अथवा प्रहरी कार्यलयमा खवर गरिदिनुहुन संघका महासचिव विवेक मिश्रले अनुरोध गर्नुभयो । लकडाउन अवधीमा दैनिक उपभोग्य खाद्य सामग्रीको अभाव हुन नदिन उपभोक्ताको मागलाई मध्यनजर गर्दै रोगसंग बच्ने सुरक्षा अपनाएर सुबिधा दिईरहेको समेत महासचिव मिश्रले बताउनुभयो ।

बेलवारी उद्योग वाणिज्य संघले खाद्य वस्तुको निम्न अनुसारको मुल्य निर्धारण गरेको छ ।
१) कान्छी मन्सुली चामल (नयाँ) –४० प्रति केजी
२) कान्छी मन्सुली चामल(पुरानो) –४२ प्रति केजी
३) नुन –२२ प्रति केजी
४) चिनी –८० प्रति केजी
५) चिउरा –६० प्रति केजी
६) तोरी तेल –९५ एक पोका
७) रिफायन तेल –८० एक पोका
८) मैदा –६० प्रति केजी
९) चना –११० प्रति केजी
१०) हरियो मटर –१२२ प्रति केजी
११) भुजा –८० प्रति केजी
१२) मुसुरो दाल –१२० प्रति केजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य ..." A few seconds ago

सम्बन्धित खवर