चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप दिइने

२४ जेठ, बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चीनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन

रोल्पामा दलित बालबालिकामाथि कुटपिट

२४ जेठ, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर-६ पानीपोखरामा जातिय छुवाछुतको आधारमा दुई बालबालिका माथि निर्घात कुटपिट गरिएको छ । स्थानीय सुकराम सुनारका छोरा दीपेश सुनार र छोरी निशाना सुनारलाई सोही गाउँका फुर्से घाउरा, महेश भण्डारी र रमन महराले वियरको बोतल प्रहार गरी कुटपिट गरेका हुन् । गाउँमा तेह्रदिनको पुन्यतिथि

एमाले नेपाल पक्षको प्रतिक्रिया : ओलीको आह्वानको अर्थ छैन

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी

आजबाट प्रदेश १ र कर्णालीको बजेट अधिवेशन सुरु

२४ जेठ, काठमाडौं । प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले (जेठ १५ गते) बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच ढिला गरी अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भएपनि त्यसलाई अध्यादेशमार्फत्

बेलबारीमा कोरोना संक्रमितका घर घरमा अनेरास्ववियु

 जेठ २२ बेलबारी। बेलबारी स्थायी बसोबास भइ विभिन्न ठाउँमा अध्ययन गर्ने विद्यार्थीहरुको अगुावाईमा विगत तीन दिन अघिदेखि निरन्तर रुपमा बेलबारीका कोरोना संक्रमितहरुका घरघरमा पुगेर सेनिटाईजर गर्ने,मास्क वितरण लगायत सेनेटाइजर वितरण गर्ने काम भइरहेको छ। बेलबारी नगरपालिकासँगको विभिन्न समन्वयमा उनीहरुले नगरपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था बुझ्नुका साथै घरमा

२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त, नयाँ ३ हजार ४७९ थपिए

२३ जेठ, काठमाडौं । नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १० हजार ४७१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै

बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ

"बहुल राष्ट्रीय राज्य"का पक्ष/बिपक्षमा निरन्तर बहस चलिरहेकै हो, छ । होला, कहिले उछाल भयो, कहिले सुषुप्त । हाम्रा सबैका आ-आफ्नै बुझाइहरू होलान्, कति बुझाउन नसकिएका होलान्, बुझाउनुपर्ने होला, बुझ्नुपर्ने होला । कुनै बेला "गणतन्त्र" सम्भव नै छैन भन्नेहरू अहिले गणतन्त्रकै शासकीय खाइपाइ गरिरहेकै छन् । "सङ्घीयता"का कट्टर विरोधीहरू सङ्घीय व्यवस्थामै

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग

२३ जेठ, काठमाडौँ । राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै महासंघले होटल सञ्चालक र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो । ‘राउटे समुदायका दुई युवतीहरुमाथि भएको यौन दुर्व्यवहार सम्बन्धमा नेपालका सम्पूर्ण आदिवासीहरूको साझा

प्रदेश २ संसदीय दलको नेतामा जसपा लालबाबु राउत चयन

२३ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण

सेयर बजारमा खरिदबिक्रिमा अहिलेसम्मकै सर्बाधिक: नेप्से रेकर्ड ब्रेक गर्दै २९०० अंकमाथि उक्लियो

२३ जेठ, काठमाडौं । वाणिज्य बैंकहरुको सेयर भाउ वृद्धि हुन थालेपछि सेयर बजारमा थप रौनकता आएको छ । बैंकहरुको सेयर भाउमा क्रमशः वृद्धि हुँदै आइतबार नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।