रोल्पामा दलित बालबालिकामाथि कुटपिट – Satabdi News

रोल्पामा दलित बालबालिकामाथि कुटपिट

२४ जेठ, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर-६ पानीपोखरामा जातिय छुवाछुतको आधारमा दुई बालबालिका माथि निर्घात कुटपिट गरिएको छ ।

स्थानीय सुकराम सुनारका छोरा दीपेश सुनार र छोरी निशाना सुनारलाई सोही गाउँका फुर्से घाउरा, महेश भण्डारी र रमन महराले वियरको बोतल प्रहार गरी कुटपिट गरेका हुन् ।

गाउँमा तेह्रदिनको पुन्यतिथि सिद्धाएर अदान लिई घर फर्कने क्रममा फुर्से घाउरा लगायतका व्यक्तिले कामी, लान जस्ता अपशब्द प्रयोग गरी गालि गर्दा किन यसरी गालि गर्नुहुन्छ भन्दा वियरको बोतलले कुटपिट गरेको पीडित बालबालिकाहरुले बताएका छन् ।

स्थानीयत चुरे महराले घटनालाई लिई प्रहरीमा गए गाउँ निकाला गरीदिने धम्की दिर्दै ८ सय बराबरको उपचार खर्च दिई गाउँमा मिलाएका थिए ।

तर पीडितका बुवा सुकराम सुनारले घटनालाई यतिकै नछाड्ने र एकतर्फी फैसला गरेर हामीलाई दबाई रहेको भन्दै न्यायको लागि पहल गरीदिन दलित एकता समाज रोल्पालाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

जातीय विभेद जस्ता अपराधी क्रियाकला हुँदा पनि डर धम्की देखाई गाउँमै मिल्न दबाव दिने र कुटपिट गर्ने व्यक्तिहरु विरुद्ध कानुनी प्रक्रियामा जाने दलित एकता समाज रोल्पाका सचिव देवीराम नेपालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोल्पामा दलित बालबालिकामाथि कुटपिट" A few seconds ago

सम्बन्धित खवर