२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त, नयाँ ३ हजार ४७९ थपिए – Satabdi News

२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त, नयाँ ३ हजार ४७९ थपिए

२३ जेठ, काठमाडौं । नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १० हजार ४७१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ११ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ७३१, ललितपुरमा १४६ र भक्तपुरमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन ९९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ६ हजार ६३६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त, नयाँ ३ ..." A few seconds ago

सम्बन्धित खवर