कोरोना बिमाको दाबी भुक्तानी एक साता भित्रै दिन निर्देशन
कार्तिक १८, बेलबारी । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि नियामक बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो

