जनता समाजवादी पार्टी धरानका नेता गजेन्द्र इस्वोको निधन – Satabdi News

जनता समाजवादी पार्टी धरानका नेता गजेन्द्र इस्वोको निधन

कार्तिक १८, बेलबारी । जनता समाजवादी पार्टीका नेता तथा भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको आन्दोलनका प्रमुख अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज विहान निधन भएको हो ।

नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा महत्त्वपूर्ण भुमिका इस्वोले गरेका थिए । भूपू गोर्खा सैनिकहरुको आन्दोलनको क्रममा ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो, ती मध्येमा इस्वो पनि एक हुन ।

किरात याक्थुम चुम्लुङको केन्द्रीय सल्लाहकार समेत रहेका इस्वो धरान उपमहानगरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको प्रत्यासी उम्मेदवारी समेत थिए ।

इस्वोलाई केही दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए भने उनमा मधुमेहको समेत समस्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता समाजवादी पार्टी धरानका नेता गजेन्द्र इस्वो..." A few seconds ago

सम्बन्धित खवर