प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो । बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे

नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले र माओवादी साविकको पार्टी रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगले गरेको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेको हो । एमाले र माओवादी साविकको पार्टी रहने फैसला सर्वोच्चले गरेको छ । कोस्टमा नेकपा लेखेर सत्तारुढ दललाई मान्यता

गजल

मिलन राई जति होसीयारीले बाँच एउटा सम्झनाले खेद्छ तिमीलाई जति भाग्छौ जिन्दगीमा एउटा यादले रेट्छ तिमीलाई। जन्म र मृत्युबिचको दुरी काट्न त्यति सजिलो कहाँ हुन्छ जति जित्ने रहर पाल्छौँ उतिनै हारले भेट्छ तिमीलाई। सारा जीवन सत्मार्गमा लगाएर आफ्नो परिचय बनायौ तर जति सार्थकता पाएता पनि एउटै भुल्ले मेट्छ तिमीलाई।

खिम्बुले राई एकता समाजको चौथो अधिवेशन चैत्र १ देखि ३ सम्म

फागुन २२ - सम्बाददाता झिल खिम्बुले। वान्तावाको एक पाछा किरात खिम्बुले राईहरुको केन्द्रिय अधिवेशन यहि चैतमा हुने भएको छ। भोजपुरको अरुण गाउपालिका वडा नम्वर ४ र्याङ्ग मा अधिवेशन हुन लागेको सस्थाका केन्द्रिय अध्यक्ष निल कुमार खिम्बुले राईले वताएका छन् । २०७७ चैत्र १,२ र ३ गते सस्थाको चौथो अधिवेशन गर्न

नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि संवादमा जुटिरहेका छन् भने दुवै पक्षका विशेषगरि पूर्व एमालेका सांसदहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन नदिन नेकपाबाटै सरकारको नेतृत्वको पक्षमा लबिङ गरिरहेका छन् । विहीवार दिनभर सिंहदरवारभित्र बाहिर नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेता तथा सांसदहरु नेकपाकै नेतृत्वको सरकारको लबिङमा

अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो। संसदीय दलको नेता चयन

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् । सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए । ‘अब देशमा सशस्त्र

‘रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुन्छ’ वरिष्ठ नेता राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे आफुहरु आन्दोलनमा जाने बताएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपा पार्टीका वरिष्ठ नेता महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका हुन् । कार्यक्रममा महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत

‘आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने ‘ नेत्रविक्रम चन्द ‘विप्लव’ !

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । 'हामी खुला हुनुपर्छ । हामी खुला

अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण

रुपन्देही। रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहीवार देखि नै विरोध प्रदर्शन गर्दै आएका छन्। बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका