नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले र माओवादी साविकको पार्टी रहने सर्वोच्चको फैसला – Satabdi News

नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले र माओवादी साविकको पार्टी रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगले गरेको निर्णय बदर गरिदिएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेको हो । एमाले र माओवादी साविकको पार्टी रहने फैसला सर्वोच्चले गरेको छ ।

कोस्टमा नेकपा लेखेर सत्तारुढ दललाई मान्यता दिएपछि कट्टेल २०७५ मंसिरमा सर्वोच्च गएका थिए ।

निर्वाचन आयोगले आफ्नो दलको नामसँग मिल्ने गरी नयाँ दललाई मान्यता दिएको कट्टेलको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले..." A few seconds ago

सम्बन्धित खवर