प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार – Satabdi News

प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो ।

बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे पनि प्रचण्ड–माधव समूहका सांसदहरू बाहिएका थिए ।

रावलले सरकारको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा..." A few seconds ago

सम्बन्धित खवर