तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित समारोहमा उहाँले मध्यावधि निर्वाचनबाट ताजा जनादेश

