केपी ओलीविरुद्ध एकजुट हुन खनाल–नेपालको संयुक्त वक्तव्य जारी
२०७७ चैत १७ मंगलबार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य गरेको

