साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा – Satabdi News

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए ।

सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने बताए ।

‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्र..." A few seconds ago

सम्बन्धित खवर