चौथो "सि डिसाइड्स डे २०२१" भब्य रुपमा सम्पन्न – Satabdi News

चौथो “सि डिसाइड्स डे २०२१” भब्य रुपमा सम्पन्न

चैत्र १३ काठमाडौ । बियोण्ड बेइजिङ्ग कमिटी ले महिलाहरुको आत्मनिर्णयको अधिकार सङ्ग सम्बन्धित “सि डिसाइड्स डे २०२१” कार्यक्रमको आयोजना गरेको छ।

महिलाहरुको सुरक्षित प्रजनन , यौनजन्य हिंसा को अन्त्य महिला पुरुष बिचको सवै खाले अधिकारमा समान पहुच र अवसरमा एकरुपता हुनु पर्ने मुद्दा को क्षेत्रमा लामो समय देखि काम गर्दै आएको सस्थाले शुक्रबार होटल साङ्गृलामा कार्यक्रम को आयोजना गरेको हो।
“मेरो शरीर मेरो निर्णय” शिर्षकमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रको युवाहरु को उपस्थिति रहेको थियो भने महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएको सामाजिक राजनितिक ब्यक्ती ब्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो।

  • कुनै पनि बालिका वा महिलाले आफ्नो शरीर माथिको अधिकार, आफ्नो जीवन माथिको अधिकार र आफ्नो भविष्य माथिको  फैसला बिना प्रश्न र बिना हस्तक्षेप स्वतन्त्र पुर्वक प्रयोग गर्न पाउनु आफ्नो निर्णय आफै गर्न पाउनु नै she decides को मुल ध्येय रहेको सस्थाले वताएका छन् । उक्त कार्यक्रम को मुल थिम ‘she decides without question’ समेत रहेको आयोजकले वताएका छन्।

कमिटिको अध्यक्ष शुसिला श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम ले महिलाहरुको चौतर्फी विकास न्याय समानता र मुक्तिको निम्ति घोषणापत्र समेत सार्वजानिक गरेको छ। सस्थाको कर्मचारी रेउसा चालिसेले उक्त घोषणापत्र बाचन गरि सहभागिहरुको माझमा सार्वजानिक गरेका थिए।
कार्यक्रममा महिलाहरुको सर्वाङ्गिर्ण बिकासमा महिला स्वयम् सचेत र सङ्गठित तरिकाले एक जुट हुनु पर्ने साथै राज्यले समेत महिला मैत्री नीति कार्यक्रम बनाई कडाईका साथ कार्यन्वयन गर्नुपर्ने कमिटिका अध्यक्ष शुसिला श्रेष्ठले बताएका थिए।
त्यस्तै कमिटिका पुर्व अध्यक्ष शान्तलक्ष्मी श्रेष्ठले आफू महिलाहरुको क्षेत्रमा लामो समय देखि आन्दोलित र अभियान्ताको रुपमा काम गर्दै आए पनि अझै महिलाहरुको मुक्ती नभैसकेको तर्क राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले भने महिलाहरु अहिले पनि दास झै जीवन बिताउन बाध्य रहेको र उनिहरु पुरुष को खेलौना जस्तो जतिवेला मन लाग्यो त्यतिवेला प्रयोग गर्ने साधन जस्तो भएको जिकिर गरे। आजको दुनियामा महिला भएकै कारण शिक्षा स्वास्थ्य अवसर सम्पती जस्ता कुरामा शोषण र उत्पीडन भोग्न बाध्य हुनु लज्जास्पद बिसय भएको उनले बताए ।
कार्यक्रममा नेपाली समाजमा महिलाहरुले भोग्नु परेको लैङ्गिक र घरेलु हिंसालाई लिएर अविरलः द आर्ट ग्रुपले नाटक र रचना दाहाल एण्ड ग्रुपले साङ्गीतिक प्रस्तुती समेत दिएका थिए।
कार्यक्रम ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, यौन स्वास्थ्यको बिसय रास्ट्रको साझा एजेन्डा बन्नु पर्ने र हरेक नेपाली युवाहरु यसमा सचेत रहनु पर्ने सन्देश दिएका छन् ।
कार्यक्रम को सुरुवात सस्थाका कार्यक्रम निर्देेेशक सनिला गुरुङ ले गरेका थिए भने कार्यक्रमको औपचारिक संचालन सस्थाकै कर्मचारी कल्पना राईले गरेका थिए।
कार्यक्रमलाई विभिन्न खण्डहरु मा बिभाजन गरि महिला शसक्तिकरणमा साथै महिलाको शारिरिक मानसिक उन्नती के कसरी गर्न सकिन्छ भनी अन्तर्कृया समेत भएको थियो।
कार्यक्रममा १५० बढी युवाहरुको उपस्थिति रहेको सस्थाका कर्मचारी एलिना राईले वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चौथो “सि डिसाइड्स डे २०२१” भब्य रुप..." A few seconds ago

सम्बन्धित खवर