रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र
दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग सहित प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागी समेत माग गरिएको छ ।

