कोरोनाबाट मृत्यु हुनेको संङख्या ११ पुग्यो, सर्तकता रहन आग्रह – Satabdi News

कोरोनाबाट मृत्यु हुनेको संङख्या ११ पुग्यो, सर्तकता रहन आग्रह

जेठ २३, काठमाडौ । पञ्चपुरी नगरपालिका – १ निवासी २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । उनी मृत्यु भएपछि पीसीआर बिधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका थिए । भारतबाट  उनी जेठ ७ गते आएका थिए । त्यसपछि  जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी बिधिबाट चेक गर्दा नेगेटिभ आएपछि उनी २१ गते दिउँसो घर गएका थिए । उनको सोही दिन राति २ बजे मृत्यु भएको छ ।

युवकको स्वाबको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशालोले जनाएको छ ।

मृतकको शव सुरक्षाकर्मीको घेरामा घरमै रहेको प्रहरीले जनाएको छ ।
जनता माविको क्वारेन्टाइनमा ५४ जना रहेका थिए जस मध्ये कोरोना परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ ।

कर्णाली प्रदेशमा मृतकको संङख्या दुई पुगेको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाबाट मृत्यु हुनेको संङख्या ११ पुग्यो, सर्त..." A few seconds ago

सम्बन्धित खवर