जेठ २३, विराटनगर । १ नं प्रदेश सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।
आज शुक्रबार बसेको प्रदेश सभाको बजेट अधिवेशनको सातौं बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
स्वास्थको पहुज सबै जनतामा पु¥याउने र नेपाल कृषि प्रधान देश भएकोले आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । आगामी आर्थिक बर्षमा रोजगारी सृजनाको निम्ति उत्पादन क्षेत्रका साथै पुर्वाधार विकासलाई उच्च प्राथमिकतामा दिईने जानकारी गराएका छन् । यसका साथ सुचना प्रविद्यि, शिक्षा र वन तथा वातावरणको क्षेत्रलाई उचित महत्व दिने प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै किसान वर्गलाई लक्षित गरी ४५ करोड रुपिँया बराबरको बिशेष राहत प्याकेज उपलब्ध गराईने प्रदेश सरकारको योजना पनि रहेको बताएको छ ।