जेठ २३, धरान । शुक्रवार मात्र सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
बराहक्षेत्र नगरपालिका निवासी एक बालिकामा पनि कोरोना पुष्टि भएको छ । उनी धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा छन् ।
यसै संगै हरीनगरा गाउँपालिकामा रहेको क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना देखिएको छ । यसको साथै बर्जु गाउँपालिकामा थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
यो सँगै सुनसरीमा शुक्रवार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ ।