
बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ
"बहुल राष्ट्रीय राज्य"का पक्ष/बिपक्षमा निरन्तर बहस चलिरहेकै हो, छ । होला, कहिले उछाल भयो, कहिले सुषुप्त । हाम्रा सबैका आ-आफ्नै बुझाइहरू होलान्, कति बुझाउन नसकिएका होलान्, बुझाउनुपर्ने होला, बुझ्नुपर्ने होला । कुनै बेला "गणतन्त्र" सम्भव नै छैन भन्नेहरू अहिले गणतन्त्रकै शासकीय खाइपाइ गरिरहेकै छन् । "सङ्घीयता"का कट्टर विरोधीहरू सङ्घीय व्यवस्थामै