मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म
धनकुटाको यात्रा दिनभरिको थकानले होला, एकै निदमा बिहान छ्याङ्ग उज्यालो भएछ । होमकर्ण दाइलाई यहीँबाट बिदा गरेर हामी धनकुटाको हिलेतिर लाग्यौं । लेगुवा–हिले २६ किमिको यस खण्ड पनि असाध्यै अप्ठेरो रहेछ । झन्नै २ घण्टा बढी लगाएर हामी धनकुटाको कागते आइपुग्यौं । जिल्ला संयोजक श्रीराम रायमाझी, नयाँ शक्तिकोतर्फबाट विजयी धनकुटा