कबिता, अनुष्ठान – Satabdi News

कबिता, अनुष्ठान

बसन्त सिंह खापुङ

खरानी र अक्षेता फुकेर
जाबे झाेलामा राख्दै
टाउकाेकाे वसाङ हल्लाएर
थरर थरर काम्दै
झर्के थालमा एकाेहाेराे पिटिरहन्छु
तेक्लेङ तेक तेक्लेङ तेक।

बनमान्छेले हल्लाएकाे कम्मर जस्तै
भिरेकाे कम्मरकाे घण्टी हल्लाउदै
रुद्राक्षकाे माला र सर्पकाे हड्डी
पहिरिएर फलाकिरहन्छु
तङ्सिङ तक्मामा उभिएर जाेखाना हेर्दै हेर्दै ।

तिम्रो माङगेना गर्नु पर्ने
तिमी माथिकाे तिङदिङ नाहेन
बढेकाे जाेखानामा देखिदा
वसाङबाट झिकेर दुम्सिकाे काँणले हानुकी
भमरा जस्तै भुनभुनाउदै उडेर बानले बजाउ
तिम्राे साम्माङकाे लागी भनेर
लासाे माथी गाडेकाे साप्ताेक र पिछिङ
उखेलेर बानकाे तिर पाे बनाउ।

घुङरिङकाे मुकताे बनाएर चारकिल्ला बाध्दै
चाम्जिङ र अक्षेता छरेर
मुन्धुम गाउदै खाेला र डाँडाँहरु काट्दै
ठुला ठुला पाेखरीहरु र बगैचाहरु खाेज्दै
उभाे उभाे लैजान्छु तिम्रा साताेहरु
चाेलुङमै पुर्याउछु भन्दै।

तिम्रा अनुष्ठानका लागि
थुप्रै येबा साम्बा फेदाङ्बाहरुकाे खाचाे रहेछ
किनकी
याे माटाेमै मृत्युपछि सुत्लुङ गाडेर रहने उनीहरु
बाचुञ्जेल तिम्रा साम्माङहरुकाे अनुष्ठान गरिदिने
तिम्रै पुर्खाहरुकाे चिहानमा जाेखाना हेर्दै
तिम्राे निम्ति सिलाम साक्मा गर्ने
अनी
तिम्रा आउदाे पुस्ताहरुकाे साताे
लुङधुङबाट ल्याएर साप्पाेक चमेन पुजा गरी
राखि दिने पनी येबा साम्बा र फेदाङ्बाहरु नै रहेछन्।।

कबितामा भएका लिम्बू भाषाकाे नेपाली अर्थहरु:
वसाङ=येबाकाे पगरी ।
तेक्लेङ तेक=कासकाे झर्के थालकाे आवाज ध्वनी।
तङ्सिङ तक्मा= मरेका आफ्ना पुर्खाहरुकाे मुक्तिकाे लागी र बचेका सन्ततीहरुकाे संरक्षणकाे लागि गरिने धार्मिक आस्थागत कर्मकाण्ड।
माङगेना= शिर उठाउन गरिने पुजा ।
तिङदिङ नाहेन= अाखिडाही ।
बान= येबा साम्बा फेदाङ्बाहरुकाे तान्त्रिक शक्ति जुन शक्तिकाे सामान्य प्रयाेग कसै बसेकाे ठाउँबाट उठ्दा खाेस्ठाकाे पिरा नै टसाई दिने गर्दथे भने खतरनाक बान हान्दा भेदने काम हुन्थ्याे जुन सिमा नै हुदैनथ्याे।
लासाे= लिम्बूहरुकाे प्राय हरेक पुजा गर्दा अनिवार्य रुपमा बिछ्याईने काेलाका पातहरु।
साम्माङ= ग्रह देवताहरु।
साप्ताेक र पिछिङ =लिम्बूहरुकाे पु‌जामा चडाईने जाड भरेकाे मालिङ्गाेकाे ताेङ्बाहरु र पिपा।
मुकताे= नराम्राे बाटेा बाट मृत्यु भएकाहरु लाई छेक्न बनाईने घुङरिङकाे सामाग्री।
चाम्जिङ= मुकताे संग प्रयाेग हुने बनस्पती,मसिने टुक्राएर पानीमा घाेलिदा चिपचिपाउदाे बनिने।
मुन्धुम= लिम्बू जाति सम्बन्धी अनेक मिथक गाथा र लाेक कथाहरुमा अभिब्यक्त भई परम्परादेखि चलीरही माैखिक रुपमा युगैा युग देखी येबा साम्बा फेदाङ्बाहरु द्वारा हस्तान्तरित भएर जिबित भईरहेकाे दर्शन।
चाेलुङ= सिद्धिस्थल ।
सुत्लुङ= लिम्बूहरुकाे मृत्युपछि माटाेमा पुरिदाकाे चिहानमाथी ढडाईएकाे ढुङ्गा (येबा साम्बा फेदाङबाहरु लाई मृत्युपछि अनिबार्य सर्लक्क पुर्नु पर्दछ किनकी उनीहरुकाे चेलालाई हस्तान्तरण गरिएकाे शिक्षा,तान्त्रिक शक्ति,मुन्धुमी ज्ञानकाे निरन्तरता र जिबन्तताकाे लागी)
सिलाम साक्मा= मृत्युकाे बाटाे छेक्नु।
लुङधुङ= पुर्खा स्थान ।
साप्पाेक चमेन=आमाकाे काेखमा बच्चा हुदा हुदै गरिने पुजा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता, अनुष्ठान" A few seconds ago

सम्बन्धित खवर