गित : यस्तै भयो यो जुनि ... – Satabdi News

गित : यस्तै भयो यो जुनि …

गीत

तिमिसङ्ग यस्तै भयो यो जुनि
धोका नसम्झनु
कर्कलाको पानी भयो जिन्दगी
सङ्गाल्न नखोज्नु
बाटो हाम्रो अलग भयो
गन्तव्य उही भएपनि
पाइलाहरु किन लर्खराए
सोधिन मैले पनि
तिमिसङ्ग यस्तै भयो यो जुनि
धोका नसम्झनु

फुल जस्तो माया पनि
ढुङ्गा भन्दा साह्रो भयो
रोइ रोइ हास्नु पनि
मर्नु भन्दा गाह्रो भयो
तिमिसङ्ग यस्तै भयो यो जुनि
धोका नसम्झनु
कर्कलाको पानी भयो जिन्दगी
सङ्गाल्न नखोज्नु ।

प्रकाश भट्टराई , बेलबारी मोरङ्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गित : यस्तै भयो यो जुनि …" A few seconds ago

सम्बन्धित खवर