तिमिलाई भुल्ने आशामा – Satabdi News

तिमिलाई भुल्ने आशामा

सन्दिप अधिकारी

कमल गा प

मनमा डर छ तिमीलाई भुल्ने,
तर छैन् पनि आश तिमीलाई पाउने
भुल्यौ होला त्यो पल सगैं बिताएको,
याद कहाँ आउछ होला त्यो पलहरुको।।

मनमा छ डर तिमीबाट टांढिने,
तर पनि छैन आश तिमीसंग हुने
भुल्यौ होला खाएका ति कसमहरु
तर सम्झियौं आफ्नै मात्र चोटहरु

बितिसके ति खुसीका पलहरू,
सायद यसको कुनै अर्थ रहेन।
मनमा छ अनगिन्ती तिम्रा लागि प्रश्नहरू,
तर आशा पक्कै छैन त्यसका जवाफ पाउने।।

समयले बिरानो बनायो म बाट तिमिलाई
सायद तिमीले जवाफ पाइसक्यौ होला,
तर मैले पाउन सकिन कहिल्यै
र त जीवन हारिसके
तिम्रो यादमा यसरीनै हराईसके ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तिमिलाई भुल्ने आशामा" A few seconds ago

सम्बन्धित खवर