तिमी र म - जितेन साम्पाङ – Satabdi News

तिमी र म – जितेन साम्पाङ

तिमी र म –

जितेन साम्पाङ

यात्रा र गन्तव्यको फरक तिमीले सायद बुझिदिएको भएँ

म यो टुहुरो शहरमा

मेरो बस्ती यसरी खोज्दिनथे

मेरा सपनाका लहराहरुलाई थाङ्रो बन्न नसके पनि

म तिमिलाई उतिकै प्रेम गरिरहने छु जति

म प्रेम हिजो तिमिलाई गर्थे ……

तर यो चाहानको परिभाषा तिमिलाई मैले बुझाउनै पर्छ

किन की आधुनिकताको सेरोफेरोमा रमाउने तिम्रो दुनिया भन्दा ढोको नम्लो मा बाचेको

मेरो बाजेको आदिम युग नै मलाई काहो काहा प्यारो लाग्छ

त्यसर्थ आजै बाट गिज्याउनु छाडी देऊ

किन की यसरी दुख बोक्दै उकालो ओरालो हिँड्दै

एउटा लामो बाटो सँगै मिलेर तय गर्नुछ अरु कोही होइन

तिमी र म ………

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तिमी र म – जितेन साम्पाङ" A few seconds ago

सम्बन्धित खवर