प्रदेश नं २ को मुख्यमन्त्री राउत; स्वाब परिक्षणलाई तीब्रता दिनु पर्ने

बैशाख २, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको परीक्षणलाई तीब्रता आउन नसकेको कुरालाई स्वीकार गर्दै स्वाब परीक्षणलाई तीब्रता दिनुपर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री निवासमा सम्पन्न प्रतिपक्षी दलका नेता सहितको निर्देशक समितिको बैठक पश्चात स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई स्वाब परीक्षणलाई तीब्रता दिन निर्देशन दिएका छ्न ।

बैशाख १५ गते सम्म लकडाउन

बैशाख २, काठमाडौं । सरकारले लक डाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लक डाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लक डाउन तेस्रो

सनसिटीबाट लगिएको २ ब्यक्तिममा कोरोना पुष्टि, १ रिपोर्ट आउन बाकी

वैशाख २, काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन अझै बाँकी छ । उनीहरु २८ दिन अघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिए पछि पाटन अस्पताल भर्ना गरेर

चीनमा फेरी कोरोनाको संक्रमण देखियो

बैशाख १, बेलबारी । सोमबार चीनमा कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित भेटिएका छन् । यो ५ साता भन्दा लामो समय पछि कै उच्च संख्या हो । संक्रमित मध्ये धेरै जसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ । संक्रमित हुनेमा आधा भन्दा बढी मानिस रुससँगको सीमा जोडिएको

रौतहट र कैलालीमा २ जना कोरोना संक्रमित संगै नेपालमा १४ पुग्यो

बैशाख १, काठमाण्डौ ।  नेपालमा कोरोना भाईरस महामारीको रोग दिनप्रतिदिन फैलिंदो रहेको अबस्था छ । आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  पुष्टि

बेलायतको प्रधानमन्त्री जोनसन कोरोनाको उपचार पछि घर फिर्ता

बैशाख १, काठमाडौं ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा फिर्ता भएका छन् । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् । अस्पतालमा भर्ना भएपछि उनलाई ३ दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो । अब उनले केही दिन आराम गर्नेछन् । त्यसपछिमात्र काममा फर्किनेछन् । प्रधानमन्त्री

कोरोना भाईरसबाट बिदेशमा रहेका १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

बैशाख १, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति

कोरोना नियन्त्रणको लागी सर्वपक्षीय साझा धारणा र योजना बनाउनु पर्ने; समाजबादी पार्टी अध्यक्ष उपेन्द्र यादब

चैत ३०, बेलबारी । बिगत ३ महिना भन्दा अगाडी चीनको बुहान शहरदेखी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बिश्व नै आंकतिक भएको छ । यतिखेर मानव जाति माथि नै चुनौती बनेर फैलिएको नोबल कोरोना भाईरसको महामारीलाई नियन्त्रणका लागि सर्वपक्षीय साझा धारणा र योजना बनाई सरकारले निम्न कार्यहरू यथाशीघ्र गर्नु गर्नु पर्ने

बेलबारीका दोर्जे तामाङले दिए नेपाल स्टारमा दमदार प्रस्तुति

३० चैत, बेलबारी । नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाल स्टारको संगीत रियालिटि सोमा बेलबारीको दोर्जे तामाङ छनौट भएको छ । हरेक शनिबार नेपाल टेलिभिजनबाट प्रशारित हुने उक्त कार्यक्रम ईटहरीको अडिसनबाट तामाङ छनौट भएका हुन । उनले त्यहाँ ” एज व्याण्डको लेखिएको शब्द भन्दा धेरै माया गर्छुृ तिमीलाई ” र ”

आदिवासी जनजाती महासंघ बेलाबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा ५० हजार सहयोग

चैत ३०, बेलबारी । आदिवासी जनजाती महासंघ नगर समन्वय समिती बेलबारीले नगरपालिकाको विपत्त ब्यबस्थापन कोषका लागि नगद ५०००० हजार रुपैया प्रदान गरेका छन । महासंघ बेलबारीका अध्यक्ष तिलक राई र सचिव मनकुमार गुरुङ, कोषाध्यक्ष गंगाा श्रेष्ठ सहितको टोलिले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन ।