बैशाख २, भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एउटै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गायक शिब परियार लगायत उनको टोल निलगिरी त्रसित भएका छन् । ।
शिब परियार शताब्दी न्युजलाई भन्नु हुन्छ “मेरो टोल निलगिरी हो । यहाँबाट ७० फिटको दूरीमा छ सनसिटी । तर त्यहाँ बस्ने परिवार जसलाई कोरोना पुष्टि भयो उनीहरु चेत्र ५ गते वेलायतबाट नेपाल आएका हुन । उनीहरुले त्यहाँ दैनिक उपभोग्य स्थान तथा वरिपरी एटीएम प्रयोग गरे । उनीहरुको आन्तरिक चुनाव पनि भयो । यसले कतिमा कोरोना सर्यो भन्ने लेखाजोखा नै भएको छैन ।”
“पहिला त संगीत साधना गर्थे, बस्थे तर अहिले यो कोरोनाको पुष्टि भएपछि दिमाग नै घुमेको जस्तो भएको छ । के गर्ने गर्ने ? सबैले यही कुरा गर्छन् । माहोल नै बिग्रिएको जस्तो लाग्छ ।”
शिब भन्छन् बिदेशबाट आएकोलाई क्वारेन्टाइन राख्न नसक्नु र सरकारले समयमै उचित स्वाब परिक्षण गर्न नसक्नु कमजोरी हो । तर्सथ अपार्टमेन्ट तथा सहभागी सरोकरवाला सबैको परीक्षण गर्न सम्बधित निकाए सग आग्रह गरेका छन । त्यस पछी मात्र हामी वरपरका वासिन्दा सुरक्षीत महसुस हुनेछौ ।