बैशाख २, काठमाडौं । सरकारले लक डाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लक डाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लक डाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लक डाउनलाई निरन्तरता दिएको हो । भारतले पनि मंगलबार नै अझै ३ साता लक डाउन बढाएर वैशाख २१ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।