सचेत बनौं; भित्ता र चप्पलबाट समेत कोरोना सरेको पुष्टि – Satabdi News

सचेत बनौं; भित्ता र चप्पलबाट समेत कोरोना सरेको पुष्टि

कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ ।  अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो ।

यस तथ्यअनुसार महामारी उच्च अवस्थामा रहेका बेला संक्रमित राखिएको अस्पतालको आईसियुमा लिइएका स्याम्पल मध्ये ९४ प्रतिशत र संक्रमित राखिएका जनरल वार्डमा लिइएका स्याम्पल मध्ये १ सय प्रतिशत पोजेटिभ देखिएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार आईसियुमा खटिएका स्वास्थ्यकर्मीका जुत्ताको सोल परीक्षण गर्दा झन्डै ५० प्रतिशत स्याम्पल पोजेटिभ देखिएको थियो । त्यसैले, स्वास्थ्यकर्मीको जुत्ताको सोलबाट कोरोना फैलन सक्ने यस अध्ययनले जनाएको छ । अध्ययन अनुसार अस्पतालका फार्मेसीको भुइँमा पनि कोभीड–१९ को जीवाणु भेटिएको थियो, बिरामी नआउने यस्तो ठाउँमा रोग भेटिनुको मुख्य कारण स्वास्थ्यकर्मीको आवत–जावत नै हुनसक्ने पनि अध्ययनले देखाएको छ ।

यसअघि गत महिना द लान्सेटले इटलीमा गरेको अध्ययन अनुसार बिरामीको उपचार गर्ने औसत ५ स्वास्थ्यकर्मी मध्ये १ जनामा कोभीड–१९ संक्रमण देखिनसक्ने जनाएको थियो ।

स्रोत;युनाइटेड प्रेस इन्टरनेशनल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सचेत बनौं; भित्ता र चप्पलबाट समेत कोरोना सरेको ..." A few seconds ago

सम्बन्धित खवर