अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो – Satabdi News

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

३ बैशाख, काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ )लाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग र..." A few seconds ago

सम्बन्धित खवर