किरात राई यायोख्खा बेलायतले थाल्यो राईहरुको बृहत एकताको लागि भाषिक संघीय संगाठनात्मक संरचना अभियान

२९ भाद्र, बेलायत। "मौलिकताको जगमा आधारित बृहत एकता, सबै भाषिक किरात राईहरुको समान पहुच र सहभागिता" भन्ने मुल नाराका साथ किरात राई यायोक्खा बेलायतले किरात राईहरुको बृहत् एकताको लागि भाषिक संघीय संगाठनात्मक संरचना अभियान सुरु गरेको छ। आज बेलायत स्थित ग्रेटर रस्मुरमा एक अन्तरकृया कार्यक्रम गरि सो अभियानको औपचरिक सुरुवात

गुडिरहेको बसमा ढुङ्गा खस्दा एक व्यक्ति मृत्यु

भाद्र २९, बैतडी । जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक आज बिहान २ः३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको

सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । आज (सोमबार) बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको हो । सभामुख सापकोटाले बोलाएको बैठकमा एमालेको सहभागिता नहुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले लगातार संसद् बैठकमा

एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो, विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा

२४ भाद्र, काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान काठमाडौं आएको

संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु

२३ भाद्र, काठमाडौं । संघीय संसदको दुवै सदनको १० औं अधिवेशन आजबाट सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरेकी हुन् । आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रस्तुत गर्नका लागि ३२ बुँदे कार्यसूची तय भएको छ ।

किराबी संघको २३ औं स्थापना दिवसमा नुलाम बिमोचन

१७ भदाै, काठमाडौ । "पहिचान र संघीय शिक्षा प्रणाली लागू गराैँ, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागाैँ !" भन्ने मुल नारासहित किरात राई विद्यार्थी संघले २३ स्थापना काठमाडौको मण्डला नाटकघर, अनामनगरमा मनाएका छ्न । किरात राई विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अबसरमा १२ औं अंक 'नुलाम' मुखपत्रको विमाेचन

झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति

१२ भाद्र, सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा

महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई

११, भाद्र जनकपुर । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् । शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद

जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन्

९ भाद्र,मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र रक्षाका लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताए क। जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे,

न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन

१ भाद्र, काठमाडौं । न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशव्यापी लक डाउन हुने भएकोे छ । प्रधानमन्त्री जेसिन्डा आर्डेनले बुधबारदेखि ३ दिनसम्म देशभर लक डाउन गर्ने घोषणा गरेकी छिन् । लक डाउन कडाईका साथ कार्यान्वयन गरिने पनि बताइएको छ । न्यूजिल्यान्डमा कोभिड संक्रमणको ६ महिना यताकै पहिलो घटना हो