आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरुङको चुनौती – Satabdi News

आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरुङको चुनौती

काठमाडौं । नेकपा (एस) का नेता चन्द्रबहादुर गुरुङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मोरङ क्षेत्र नवर ३ मा चुनाव लडन आउन चुनौती दिएका छन ।

नेता गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा एउटा गरिवको छोरा संग चुनाव लडन चुनौती दिएका हुन ।

माधव नेपालले वडा सदस्य सम्म जित्दैनन भन्दै केपी ओलीले गरेको भाषण प्रती नेता गुरुङले आक्रोश पोख्दै भने के भ्रष्टाचार गरेको पैसा खर्च गरेर जनतालाई किनेर चुनाव जित्छु भनेर सोचेका छन की ? केपी ओली ज्योतीषी हुन उनले प्रश्न गरे ?

दोश्रो सम्बिधान सभाका सभासद समेत भई संविधान निर्माणमा योगदान गर्नु भएका गुरुङले भने- केपिले झापामा ६४ सालको निर्वाचन हारेको बिर्सेका छैनन होलानी ? ७४ सालको निर्वाचनमा बामगठबन्धन गरेर चुनाव गर्दा पनि हार्छु भन्ने डरले राप्रपा संग लम्पसार परेका हैनन्रु अनि यिनले अरुको हारजितको भविष्यवाणी गर्ने ? उनले भने केपी ओली जस्तो जालीझेली यो संसारमा मैले अरु कोहि नदेखेको र कम्युनिष्ट पार्टीमा लागे पनी उनमा कम्युनिष्ट चरित्र नभएको बताए ।

भूमिगत कालमा लामो समय जेलजीवन बिताएका गुरुङ पंचायत कालमा तत्कालिन इन्द्रपुर गाउँ पञ्चायतको जनपक्षीय उम्मदेवार भई प्रधानपन्चमा निर्वाचित भएका थिए । त्यतिखेर उनी पञ्चायती साशकहररूको निशानामा परे । उनलाई धाक धम्की प्रशस्तै नआएक भने होइनन् ।

त्यतिखेर अन्चालाधीशले गुरुङजी जनपक्षीय भन्ने कुरा छोड्नुस् भन्दा उनले प्रति उत्तर दिदै भने जबसम्म मेरो छातीमा धुकधुकि रहन्छ तब सम्म म जनपक्षीय भन्न छोडदिन। त्यतिखेर कम्युनिस्ट भन्ने बित्तिकै गरिबहरूको हित गर्ने , अन्यायका बिरुद्द लडने पार्टी हो भन्ने बुझेका जनताले वास्तवमै त्यो व्यवहार उनि बाट पाएका थिए ।

अनि भन्ने गर्थे स्थानीय गरिब दुस्खी जनताहरू चन्द्र गुरुङ भएन भने हाम्रो लागि कसले लड़छ ? वास्तवमा हो पनि गुरुङको निडर र हक्की स्वभावले गर्दा स्थानीय जनताहरू उनलाई अझै पनि आफ्नो सहयोगी र संरक्षक मान्दछन् ।

नेता गुरुङको व्यक्तित्वको प्रभावले गर्दा अहिले पार्टी विभाजन भएसँगै उनी जुन पार्टीमा लाग्छन् त्यहाँ राम्रो पकड हुने अनुमान गर्दछन् भने अहिले केपी ओलीले कम्युनिस्ट पार्टीलाई धराशायी पारेको उनको गुनासो छ ।साथै केपि कालमा बिग्रिएको नेकपाको साखलाई नेकपा एकीकृत समाजवादि पार्टी मार्फत समुन्नत बनाई छाड्ने संकल्प समेत गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरु..." A few seconds ago

सम्बन्धित खवर