किराबी संघको २३ औं स्थापना दिवसमा नुलाम बिमोचन – Satabdi News

किराबी संघको २३ औं स्थापना दिवसमा नुलाम बिमोचन

१७ भदाै, काठमाडौ । “पहिचान र संघीय शिक्षा प्रणाली लागू गराैँ, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागाैँ !” भन्ने मुल नारासहित किरात राई विद्यार्थी संघले २३ स्थापना काठमाडौको मण्डला नाटकघर, अनामनगरमा मनाएका छ्न ।

किरात राई विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अबसरमा १२ औं अंक ‘नुलाम’ मुखपत्रको विमाेचन गरिएको थियो । बिमोचन कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक राकेश राईले राज्यद्वारा बेपत्ता पारिएकाे नवीन राईलाई पनि स्मरण गर्दै उनकाे स्थिति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन ।

२३ औं स्थापना दिवस कार्यक्रममा संस्थाको संस्थापक सदस्य निलम राईले किरात राई समुदायको भाषा, धर्म, कला संस्कृतिको संरक्षण, सम्बर्द्द्नको लागि संगठित गरिएको संस्थाले बर्तमान समयमा “पहिचान र संघीय शिक्षा प्रणाली लागू गराैँ, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं” बोकेको नारा सम्मानजनक भएको बताए ।

बिमोचन कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका पुर्व महासचिव तथा उपप्राध्यापक बालकृष्ण माबुहाङ्गले राज्यमा किरात राई विद्यार्थी संघको महत्व र भुमिकाको बिषयमा बिचार राखेका थिए । कार्यक्रममा अधिबक्ता दिपक राई, अनुसन्धानकर्ता कैलाश राई, किरात राई विद्यार्थी संगठनका पुर्व संगठन विभाग प्रमुख संजय राई, किरात राई युवा संघ सचिवालय सदस्य प्रकाश राईकाे सहभागीता थियो । कार्यक्रममा किरात राई विद्यार्थी संघका महासचिव अञ्जिलहाङ्ग राईकाे अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

संघको स्थापना दिवसको अबसरमा झापा जिल्ला कार्य समितिले पदयात्रा कार्यक्रम, सुनसरी र पाँचथर जिल्ला कार्य समितिले वृक्षराेपण कार्यक्रम गरि मनाईएको कुरा संघको सचिब अशोक राई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किराबी संघको २३ औं स्थापना दिवसमा नुलाम बिमोचन" A few seconds ago

सम्बन्धित खवर