असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन : नागरिक समाज बिरोधमा उर्लिए – Satabdi News

असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन : नागरिक समाज बिरोधमा उर्लिए

आइतबार ,काठमाडौ । नेपालको संविधान २०७२ अपुरो भएको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।आइतबार संविधान दिवसका दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नागरिक समाजका अगुवाहरुले नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको उपस्थिति रहेको थियो ।२०७२ सालमा संविधान जारी भएपछि सरकारले प्रत्येक असोज ३ लाई संविधान दिवसका रुपमा मनाउँदै आएको छ । तर, कतिपय समुदायले यो संविधानलाई अपुरो संविधान भन्दै संशोधनका लागि माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन : नागरिक..." A few seconds ago

सम्बन्धित खवर