झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति

१२ भाद्र, सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा

महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई

११, भाद्र जनकपुर । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् । शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद

जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन्

९ भाद्र,मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र रक्षाका लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताए क। जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे,

न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन

१ भाद्र, काठमाडौं । न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशव्यापी लक डाउन हुने भएकोे छ । प्रधानमन्त्री जेसिन्डा आर्डेनले बुधबारदेखि ३ दिनसम्म देशभर लक डाउन गर्ने घोषणा गरेकी छिन् । लक डाउन कडाईका साथ कार्यान्वयन गरिने पनि बताइएको छ । न्यूजिल्यान्डमा कोभिड संक्रमणको ६ महिना यताकै पहिलो घटना हो

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

१ भदौ, काठमाडौं । अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्। उनीहरुलाई विमानस्थलबाट सेनाले सामाखुसी स्थित होल्डिङ सेन्टरमा लैजाने छ। आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरु घर फर्कने छन्। सरकारले अफगानिस्तानमा

जसपा केन्द्रीय कमिटी बैठक बस्दै 

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीको (जसपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । मंगलबार दिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले  जानकारी दिए । सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी

कसले गर्ला तालिवान सरकारको नेतृत्व ? 

३२ साउन २०७८, सोमबार। करिब २० वर्षको संघर्षपछि तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। तालिवानले अब आफ्नो सरकार बनाउने पक्का भएको छ। यसैबीच तालिवान सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय चर्चामा रहेको छ। तालिवानका शीर्ष नेताहरूमध्ये सरकारको

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह

तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं

३१ साउन, काठमाडौं । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका

काबुलमा भेटिए १५ सय नेपाली, धेरैजसो घर फर्किन आतुर

अफगानिस्तान। अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले जानकारी गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा एक हजार पाँच सय नेपाली रहेको र सबै सुरक्षित रहेको विवरण मन्त्रालयमा पठाएको हो । राजधानी काबुलमा रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको थाहा