१ भदौ, काठमाडौं । अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।
उनीहरुलाई विमानस्थलबाट सेनाले सामाखुसी स्थित होल्डिङ सेन्टरमा लैजाने छ। आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरु घर फर्कने छन्।
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई अनलाइन रजिष्ट्रेसन गर्न भनेको छ। सोमबारसम्म १३४ जनाले रजिष्ट्रेसन गरिसकेका छन्। परराष्ट्र मन्त्रालयले ११८ जना नेपाली कुवेत हुँदै नेपाल आइपुगेको ट्विट गरेको छ।