अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा

२९ साउन २०७८, शुक्रबार । सरकारविरुद्ध युद्धरत तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहरलाई कब्जामा लिएको छ । तालिवानले केही हप्ता अघिदेखि घेरा हालेर राखेको अफगानिस्तानको दक्षिण पूर्वी भागमा अवस्थित सहर कन्दहरलाई शुक्रबार पूर्ण रूपमा कब्जा गरेको हो । अधिकारीहरूले कन्दहर सहर तालिवानको कब्जामा पुग्नुलाई अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको बताएका

‘विमानस्थल हाताभित्र आफन्तको बिदाइ कार्यक्रम नगरौं’

२९ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी पुनः फैलिरहेको भन्दै त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो । अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग

आलमको मुद्दा हेर्न नमिल्नेमा

२९ साउन २०७८, शुक्रबार। ‍ मोहम्मद अफ्ताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो। ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२९ श्रावण, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसी कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२८ श्रावण, काठमाडौ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल

भदौदेखि खोल्ने भनिएको ट्रायल अनिश्चित, सिडिओसँग छलफल गरिन्ने

२४ श्रावण, काठमाडौ । चौतर्फी दबावपछि भदौ १ गतेदेखि खोल्ने भनिएको लाइसेन्स आवेदन तथा ट्रायल कक्षा १२ को परिक्षा स्थितिले थप अनिश्चित भएको छ ।कोरोना महामारीको तेस्रो लहरको संन्त्रासका कारण प्लस टुको परीक्षा अन्तिम चरणमा आएर रोकिएपछि यातायात व्यवस्था विभाग ट्रायलको बिषयमा दोधारमा परेको हो । गत बैशाखदेखि रोकिएको सवारी

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा अस्वीकार

२४ साउन २०७८, आइतबार। लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले अस्वीकार गरेको छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएर २७ साउनमा अधिवेशन आह्वान भएको अवस्थामा अधिवेशन रोक्न माग गर्दै परेको रिटलाई सर्वोच्चले असम्बन्धित भन्दै दरपीठ गरिदिएको हो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार अधिवेशन

रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी

२४ साउन २०७८, आइतबार। लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोना कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए । बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे । अब बार्सिलोनामा मेस्सीको एक युग समाप्त भएको छ । अब मेस्सी र बार्सिलोनाबीच केवल केही

प्रधान सम्पादक बराललाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौं, २३ साउन । झिल्को डटकमका प्रधान सम्पादक भवानी बराल ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७८’ बाट पुरस्कृत हुने भएका छन् । फोनिज अवार्ड २०७८’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ छनौट समितिले बरालसहित आठ जना पत्रकारहरु पुरस्कारका लागि छनोट गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठकले

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी