न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन – Satabdi News

न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन

१ भाद्र, काठमाडौं । न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशव्यापी लक डाउन हुने भएकोे छ । प्रधानमन्त्री जेसिन्डा आर्डेनले बुधबारदेखि ३ दिनसम्म देशभर लक डाउन गर्ने घोषणा गरेकी छिन् । लक डाउन कडाईका साथ कार्यान्वयन गरिने पनि बताइएको छ । न्यूजिल्यान्डमा कोभिड संक्रमणको ६ महिना यताकै पहिलो घटना हो । न्यूजिल्यान्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा संक्रमित व्यक्ति फेला परेका हुन् ।

अकल्यान्डका साथै संक्रमित व्यक्तिले यात्रा गरेको अर्को शहर कोरोम्यान्डेलमा भने ७ दिनका लागि लक डाउन हुने भएको छ । लक डाउनमा कार्यालय, विद्यालय तथा व्यापार सबै ठप्प हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अत्यावश्यक सेवाहरु भने खुला रहनेछ । प्रधानमन्त्री आर्डेनका अनुसार नयाँ संक्रमण डेल्टा भेरियन्ट हुनसक्ने अनुमान गरिएको छ ।

यद्दपि, पुष्टी भने भइसकेको छैन । जोखिमको सम्भावना बढ्न नदिन छिटो र कडाईका साथ अघि बढ्न आवश्यक भएकाले लकडाउन गरिएको उनको भनाई छ । न्यूजिल्यान्डमा पछिल्लो पटक गत फेब्रुअरीमा कोरोना संक्रमित भेटिएका थिए । महामारीको सुरुवाती चरणमा पनि सुरक्षाका मापदण्डहरु कडाईका साथ लागू गरेका कारण पछिल्लो समय न्यूजिल्यान्डमा कोरोना संक्रमणका घटना प्राय शून्य जस्तै रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देख..." A few seconds ago

सम्बन्धित खवर