झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति – Satabdi News

झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति

१२ भाद्र, सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश श्रेष्ठले जानकारी दिए । आगो भित्री रुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो ।

हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए । उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए । उनी सामान्य घाइते बनेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करो..." A few seconds ago

सम्बन्धित खवर