तयार भयो कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड

३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण

कसले गर्ला तालिवान सरकारको नेतृत्व ? 

३२ साउन २०७८, सोमबार। करिब २० वर्षको संघर्षपछि तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। तालिवानले अब आफ्नो सरकार बनाउने पक्का भएको छ। यसैबीच तालिवान सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय चर्चामा रहेको छ। तालिवानका शीर्ष नेताहरूमध्ये सरकारको

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह

तालिवानका प्रवक्ताले भने : कसैसँग बदला लिँदैनौं

३१ साउन, काठमाडौं । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका

काबुलमा भेटिए १५ सय नेपाली, धेरैजसो घर फर्किन आतुर

अफगानिस्तान। अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले जानकारी गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा एक हजार पाँच सय नेपाली रहेको र सबै सुरक्षित रहेको विवरण मन्त्रालयमा पठाएको हो । राजधानी काबुलमा रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको थाहा

अमेरिकी सैन्य टोली आइपुग्यो अफगानिस्तान

काबुल। तालिबान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायत अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् । अफगानिस्तानमा संघर्षरत तालिबान

केन्द्रीय महाधिवेशन मंसिर मा गर्ने कांग्रेसको निर्णय

३० साउन २०७८, शनिबार । प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । बैठकले तल्ला तहको अधिवेशन भने भदौ

बहुल राष्ट्रिय राज्यका लागि लडाईं लड्ने हो : राजेन्द्र महतो

३० साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९,

फेसबुकका कार्यालय जनवरीसम्म नखुल्ने

२९ साउन २०७८, शुक्रबार। फेसबुकले आफ्ना कर्मचारीहरुलाई अर्को वर्ष सन् २०२२ बाट मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलिँदो जोखिमका कारण अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमै पुनः खोल्ने फेसबुकको योजना आगामी वर्षसम्मका लागि धकेलिएको हो । आफूहरुको कार्यालय फिर्तीको विषय तिथिमितिले नभई तथ्यांकमा