बेलबारी वडा नं ४ मा एकै परिवारका ३ जनामा कोरोना संक्रमण
भाद्र ९, बेलबारी । बेलबारी नगरपालिका वडा नं. ४ का एकै परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कोरोना संक्रमित संख्यासंगै बेलबारी नगरपालिकामा २३ जना पुगेको छ। बेलबारी नगरपालिका स्वास्थ्य प्रमुख सन्तोष बि.कको भनाईअनुसार संक्रमित हुनेहरुमा ५० र २० वर्षिय पुरुष र ४४ वर्षिया महिला रहेका छन्

