नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सैन्य कमाण्डर जीवन लामा (जिमी)सहित ८८ जना जनता समाजवादी पार्टी प्रबेश – Satabdi News

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सैन्य कमाण्डर जीवन लामा (जिमी)सहित ८८ जना जनता समाजवादी पार्टी प्रबेश

भाद्र ६, काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य कमाण्डर जीवन लामा (जिमी)सहित ८८ जना नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

नेकपाका मध्ये केन्द्रीय कमाण्डका सैन्य कमाण्डर लामासहित व्युरो सदस्य प्रल्हाद फुयाँल (जीवन), रौतहट जिल्लाका पूर्वसेक्रेटरी गोपाल जिम्बा पनि जसपामा प्रवेश गरेका छन् ।

जसपाका अध्यक्ष द्वय उपेन्द्र यादब र महन्थ ठाकुरले एक प्रेस विज्ञप्ति जारी गरी नेकपाका नेताको नेतृत्वमा ८८ जना आफ्नाे पार्टीमा प्रवेश गरेको जनाएका छ्न ।

विज्ञप्ति अनुसार ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीका कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सैन्य कमाण्..." A few seconds ago

सम्बन्धित खवर