बेलबारी नगरपालिकाले भाद्र १४ गते सम्मको लागि पुर्ण बन्दाबन्दी गर्ने निर्णय – Satabdi News

बेलबारी नगरपालिकाले भाद्र १४ गते सम्मको लागि पुर्ण बन्दाबन्दी गर्ने निर्णय

भाद्र ७, बेलबारी । बिश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस संक्रमणको जोखिमबाट बच्न भाद्र ७ गते बेलबारी नगर समन्वय समितिको बैठकले १४ गते सम्मको लागी बन्दाबन्दी गरिने भएका छन । उक्त बैठकले आज रातको १२ बजे देखि १४ गते १२ रातको बजे सम्मको लागी ७ दिनको लागि बन्दाबन्दी गर्ने निर्णय भएको हो ।

बैठकबाट पुर्ण रुपमा बैक तथा बित्तीय संघसंस्थाहरु, यातायातको साधनहरु, बेलबारी नगरपालिकाको कार्यालय सो संग सम्बन्धित वडा कार्यालयको प्रशासनिक कार्य, हाटबजारलाई बन्देज गरिएको छ ।

यस्तै बेलबारी नगरपालिकाको वडा नं १ र २ को कोरोना संक्रमित सिल गरिएकोमा अर्को ब्यबस्था नभए सम्मको लागि यथावत् १ र २ लाई सिल गर्ने निर्णय बैठलले पारित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले भाद्र १४ गते सम्मको लागि पु..." A few seconds ago

सम्बन्धित खवर