सन् २०३० को अन्त्यसम्म दिगो विकासकाे लक्ष्य भेट्टाउँछौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।  काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए ।  नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै

शैक्षिक संस्था बन्द गर्न  स्वास्थ्य मन्त्रालयको सिफारिस

कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् । त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको

बेलबारी बहुमुखी क्याम्पसको अध्यक्षमा ज्ञानेन्द्र सुबेदीको निरन्तरता : उपाध्यक्ष पदमा हुन् सकेन सहमति

चैत्र ३१ ,२०७७ बेलबारी। बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेला सोमबार सम्पन्न भएको छ। बेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा सम्पन्न परिषद भेलामा परिषद सदस्यहरुको बाक्लो उपस्तिथी रहेको थियो। संचालक समितिको बिधानमा भएको बेवास्था अनुसार परिषद सदस्यहरु मध्येबाट ११ जना सदस्यहरु खुल्ला तर्फबाट निर्बाचन प्रकियाबाट सर्बसम्मत निर्बाचित गरिएको थियो। यसरि निर्बाचित

सरकारले दिएको तक्मामा चुच्चो नक्शा नै गायब भएको भन्दै पत्रकार तारा पुनद्वारा फिर्ता

काठमाडौँ, चैत ३१ । लिपुलेक र कालापानी समेत समेटिएको नक्शामा रहेको चुच्चो  नक्शा नै गायब भएको तक्मा पत्रकार द्वारा फिर्ता गर्दै काठमाडौं सरकारले वितरण गरेको तक्मामा नेपालको बुच्चे नक्सा भएको भन्दै पत्रकार लक्ष्मी पुनले तक्मा फिर्ता गर्ने भएकी छन् । नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हितको लागि योगदान गरेको

प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे 

३१ चैत, काठमाडौं । प्रदेश १ मा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय  ४० पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार तीन सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा कोरोना संक्रमण फेला परेसँगै सक्रिय संक्रमितको संख्या एक सय ४० पुगेको हो ।    

हिन्दू राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा

३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएको टिप्पणी गरेका छन् । हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्तमहन्त र साधुहरूलाई सम्बोधन गर्दै पूर्वराजाले धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत उल्लेख गरे । तीन पेज लामो सम्बोधनमा उनले कुनै राजनीतिक विषय समावेश गरेनन् । ‘कतिपय बाह्य

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

३१ चैत, काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार जति समय रहन्छ, त्यति नै अराजकता बढ्दै जाने बताएका छन् । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले ओली सरकारको विकल्प दिन ढिला गर्न नहुनेमा जोड दिए ।  ‘प्रधानमन्त्री ओलीमा राजनीतिक इमानदारी भएको भए

सबै पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध

३१ चैत, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ। केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा

केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्र रिक्त, कहिले हुन्छ उपचुनाव ?

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल धनुषा क्षेत्र नम्बर १ को ‘ख’, साह

प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन हुने

अध्यक्ष बल बहादुर थापा मगर चैत्र २९ गते २०७७, बेलबारी । डाङ्गिहाट ब्याट्मिन्टन क्लब बेलबारी ११ ले १ न प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन गर्ने भएको छ। डाङ्गिहाट ब्याट्मिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यो प्रतियोगिता हुन लागेको आयोजक डाङ्गिहाट ब्याट्मिन्टन क्लबले पत्रकार सम्मेलन मार्फत