प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन हुने – Satabdi News

प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन हुने

अध्यक्ष बल बहादुर थापा मगर

चैत्र २९ गते २०७७, बेलबारी । डाङ्गिहाट ब्याट्मिन्टन क्लब बेलबारी ११ ले १ न प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन गर्ने भएको छ। डाङ्गिहाट ब्याट्मिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यो प्रतियोगिता हुन लागेको आयोजक डाङ्गिहाट ब्याट्मिन्टन क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराए।यो प्रतियोगिता यहि मिति २०७८ बैशाख ९,१० र ११ गते सम्म त्रिदिवसिय ब्याट्मिन्टन प्रतियोगिता बेलबारी वार्ड न ११ को लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेल मैदानको कवर्ड हालमा हुने बताए।

खेल संयोजक माधव थापा

ब्याट्मिन्टन खेलका माध्यमबाट बेलबारी नगरपालिकाको पहिचानलाई नेपालको सबै प्रदेस र सबै जिल्लामा पुरयाउने उदेश्यले त्रिदिवसीय प्रथम बेलबारी मेयर कप खुल्ला ब्याट्मिन्टन प्रतियोगिता २०७८ ,भेट्रान ब्याट्मिन्टन प्रतियोगिता र अन्तर सदस्सिय ब्याट्मिन्टन प्रतियोगिता संचालन गरि देसै भरिका पलिकाहरुमा यस खेलको महत्वको बारेमा संदेश पुरयाउने यस प्रतियोगिताको मुख्य उदेश्य रहेको यस क्लबका अध्यक्ष बल बहादुर थापा मगरले बताए।

यस प्रतियोगिताका खेल संयोजकमा माधव थापा आर्थिक संयोजकमा राजेश बस्नेत रहेको बताए। प्रतियोगितामा विजय खेलाडीहरुलाई नगद पुरुस्कार ,ट्रफी र प्रमाण पत्रको बेवास्था गरिएको खेल संयोजक माधब थापाले बताए। खुल्ला ब्याट्मिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले नगद रु ३३००० /- दोस्रो हुनेले नगद रु २१,००० /- र तेस्रो हुनेले रु ११,०००/- नगद र ट्रफी सहित प्रमाण पत्र पाउने बताए। त्यसै गरि भेट्रान ब्याट्मिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले रु २१,०००/- दोस्रो हुनेले रु १६,००० /- नगद र तेस्रो हुनेले रु ११००० /- नगद सहित ट्रफी र प्रमाण पत्र पाउने बताए।यता सदसिय ब्याट्मिन्टन प्रतियोगिता तर्फ भने प्रथम हुनेले रु १०,०००/- दोस्रो हुनेले रु ७,०००/- र तेस्रो हुनेले रु ५,०००/- सहित ट्रफी र प्रमाण पत्र पाऊने बताए। आयोजक डाङ्गिहाट ब्याट्मिन्टन क्लबले बेलबारी वार्ड न ३ अवस्थित ड्रिमल्याण्ड फन पार्क एंड होटलमा पत्रकार सम्मेलन राखिएको थियो।

पत्रकार हरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्ट..." A few seconds ago

सम्बन्धित खवर