सरकारले दिएको तक्मामा चुच्चो नक्शा नै गायब भएको भन्दै पत्रकार तारा पुनद्वारा फिर्ता – Satabdi News

सरकारले दिएको तक्मामा चुच्चो नक्शा नै गायब भएको भन्दै पत्रकार तारा पुनद्वारा फिर्ता

काठमाडौँ, चैत ३१ । लिपुलेक र कालापानी समेत समेटिएको नक्शामा रहेको चुच्चो  नक्शा नै गायब भएको तक्मा पत्रकार द्वारा फिर्ता गर्दै काठमाडौं सरकारले वितरण गरेको तक्मामा नेपालको बुच्चे नक्सा भएको भन्दै पत्रकार लक्ष्मी पुनले तक्मा फिर्ता गर्ने भएकी छन् । नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हितको लागि योगदान गरेको भन्दै सरकारले उनलाई प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरेको थियो ।

जनयुद्ध कालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा काम गरेकी लक्ष्मीको पत्रकारिता क्षेत्रमा आफ्नै इतिहास छ ।तक्मा फिर्ता गर्ने विषयमा सामाजिक संजालमा उनले लेखेकी छन्, जनयुद्ध कालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वरुप राज्यले मलाई सुशोभित गरेको भन्दै म निकै हर्षित थिए । महामारीका कारण एक वर्ष ढिला हस्तान्तरण भएको तक्मा पाए ।

राष्ट्रपति निवासमा तक्मा गलामा झुण्डाएर जलपान र फोटोसेसन मा व्यस्त भइयो । कोठा पुगेर बल्ल त्यता नजर गयो । मन कटक्क खायो । जुन गणतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान भएन जस्तो लाग्यो । माया गर्नेहरूको बधाई शुभकामना ओइरी रहेको थियो । सबै प्रति नतमस्तक तथा आभारी छु । तर जानकारी गराउन चाहे, सच्चिएर चुच्चो सहितको तक्मा आयो भने मात्रै ग्रहण गर्ने छु । भोलि गृहमा बुझाउने निधो गरे ।

सरकारले गत जेठमा जारी गरेको चुच्चे नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको पदकबाट गायब भएको छ। शुक्रबार शीतल निवासमा देशका लागि योगदान दिएकाहरुलाई बाँडिएको मानपदवी, अलङ्कार र पदकमा कोरिएको नेपालको नक्सबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक नै गायब भएको हो।
सरकारले घोषणा गरेको पद पाएकाहरुले सामाजिक सञ्जालमा हालेको तस्बिरमा कहीँ पनि चुच्चे नक्सा देखिँदैन ।

संघीय संसदका दुवै सदनबाट अनुमोदित चुच्चे नक्सा देशकै सर्वोच्च व्यक्तिले वितरण गरेको पदकबाट गायब हुँदा सरकारको अर्को गम्भीर लापरबाही देखिएको छ।चुच्चे नक्सामा दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटिएको थियो। भारतले हडपेको उक्त भूमि फिर्ताका लागि सरकारले वार्ता भइरहेको जनाएको छ। तर राष्ट्रपतिले बाँडेको पदकबाटै चुच्चे नक्सा बेपत्ता भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारले दिएको तक्मामा चुच्चो नक्शा नै गायब भएको..." A few seconds ago

सम्बन्धित खवर